९ मंसिर २०८१, आईतवार
प्रभु लाइफ इन्स्योरेन्सले गोंगबुमा शाखा विस्तार गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले विहिवार एक कार्यक्रमकाबीच शाखाको उद्घाटन गरेका छन् ।
शुभारम्भ कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले दश वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तन आएको बताउँदै सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति दिएको बताएका छन् । उनले नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुर्याउने कुरामा दुई मत नरहेको बिचार ब्यक्त गरे । उनले जीवन बीमा बजारमा सबै भन्दा कान्छो कम्पनी भएतापनि सवल ब्यवसायिक बृद्वि तर्फ उन्मुख रहेको कम्पनीका रुपमा परिचित प्रभु लाइफ इन्स्योरेन्सको थप ब्यवसायिक सफलताको लागि समेत शुभकामना ब्यक्त गरे ।
कम्पनीका संचालक मनीराम पोखरेल ज्यूले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्यसहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा नयाँ आयाम थप्ने दाबी गरेका छन् ।