९ मंसिर २०८१, आईतवार
रसुवामा प्राइम कमर्सियल बैंक लिमिटेडले ६१ औं शाखा विस्तार गरेको छ । रसुवाको कालिका गाउँपालिका कालिकास्थान, घुम्तीबजारमा आजदेखि शाखा सञ्चालनमा आएको छ । बैंकका सञ्चालक गजेन्द्र विष्टले एक समारोहका बीच सो शाखाको उद्घाटन गरेका छन् ।
यस क्षेत्रमा वाणिज्य बैंकहरुका शाखा नभएकोले बैंकले स्थानीय जनतालाई सहजरुपमा वित्तीय सेवा उपलब्ध गराउन बैंकको शाखा विस्तार गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार यस क्षेत्रमा बैंकले चुस्त तथा सुलभरुपमा सेवा प्रवाह गर्ने छ । गाउँ गाउँमा छरिएर रहेको निक्षेप संकलनका साथै बैंकले व्यापार, कृषि, पशुपालन, सवारी साधन आदि क्षेत्रमा कर्जा प्रवाह गर्नेछ । निजीक्षेत्रका बैंकमध्येमा उत्कृष्ठ ८ औं स्थानमा रहेको यस बैंकले निकट भविष्यमै मुलुकका विभिन्न भागमा १५ वटा भन्दा बढी शाखा खोल्ने योजना रहेको जानकारी दिइएको छ ।