९ मंसिर २०८१, आईतवार
ग्लोबल आइएमई बैकले विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) सँग ऋण लिने सम्बन्धी सम्झौता गरेको छ ।
गत बिहिबार उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरेका छन् ।
नेपालमा पछिल्लो समयमा देखिएको वित्तीय तरलताको समाधानमा यो सम्झौताले योगदान पु¥याउने लक्ष्यका साथ उक्त सम्झौतामा हस्ताक्षर गरिएको बैंकले जानकारी दिएको छ । उक्त कर्जा सापटी सहमति नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात लागू हुनेछ । त्यस्तै विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) ले ग्लोबल आइएमई बैकलाई ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम अन्तर्गत पनि ट्रेड लाइन प्रदान गरेकोे छ ।