एप्पलको सस्तो आइप्याड

होमल्याण्ड खबर

२०७५ बैशाख १६ गते, आईतवार ०५:४६ मा प्रकाशित

शिकागोमा आयोजित एजुकेसन इभेन्टमा एप्पलले ९ दशमलव ७ इन्चको सस्तो आइप्याड बजारमा ल्याएको घोषणा गरेको छ । कम्पनीका अनुसार उपभोक्ताका लागि उक्त आइप्याड ३ सय २९ डलर तथा विद्यार्थीहरूका लागि २ सय ९९ डलरमा उपलब्ध गराइने छ ।
एप्पलका अनुसार उक्त आइप्याडमा भएको ब्याट्रीले एक पटकको चार्जमा १० घण्टाको ब्याकअप दिन्छ । यसमा भएको ए–१० फ्युजन चिपले धेरै मेमोरी भएको एप्सलाई पनि सपोर्ट गर्छ र राम्रोसँग प्ले हुन सहयोग गर्छ । त्यसैगरी यसमा १ हजार ८० पिक्सेलको भिडियो सपोर्ट गर्ने ८ मेगापिक्सेलको क्यामेरा छ ।
यसले ३ सय एमबीपीएसको एलटीई स्पिडलाई पनि सपोर्ट गर्छ । उक्त आइप्याडमा टच आईडी सपोर्ट समेत उपलब्ध छ । त्यसैगरी भिडियो कलिङका लागि यसको अघिल्लो भागमा एचडी क्यामेरा छ । यसमा भएको रेटिना डिस्प्लेका कारण सफा अर्थात् भिडियो हेर्न सकिन्छ ।