९ मंसिर २०८१, आईतवार
कामना सेवा विकास बैंकले ८ लाख ४९ हजार ९ सय ६३.६७ कित्ता हकप्रद सेयर लिलामाीमा ल्याउने भएको छ । बैंकले बैशाख २४ गतेदेखि सो सेयर लिलामीमा बिक्रि खुला गर्न लागेको हो ।
बैंकले २०७४ माघ १५ देखि चैत ५ गतेसम्म आवेदन खुलाएको हकप्रदमा संस्थापक समुह तर्फको ८ लाख ३७ हजार ८ सय १६.९३ कित्ता र सर्वसाधारण समुहतर्फको २ लाख १२ हजार १ सय ४६.८४ कित्ता सेयरमा आवेदन नपरेपछि लिलामीमा ल्याउन लागेको हो । यो सेयरका लागि बैशाख ३१ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
प्रतिसेयर न्युनत १०० रुपैयाँ तोकिएकाले सो भन्दा बढी मूल्य तोकेर बोलपत्र पेश गर्नुपर्नेछ । संस्थापक सेयरतर्फ न्युनतम एक हजार कित्ता र सर्वसाधारण समुहतर्फको न्युनतम एक सय कित्ताका लागि आवेदन दिन सकिने बिक्रि प्रबन्धकले जनाएको छ ।
आवेदन फारम बिक्रि प्रबन्धक एनएमबी क्यापिटल नागपोखरी, कामना सेवा विकास बैंक ज्ञानेश्वर, पुष्पलालपार्क बुटवल, सृजनाचोक पोखरा, लायन्स चोक नारायणगढबाट भर्न र बुझाउन सकिनेछ । यस्तै एनएमबी बैंकको शाखा काार्यलय विराटनगर, वीरगंज, नेपालगंज, सुर्खेत र धनगढीबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ ।