२९ फाल्गुन २०८२, शुक्रबार
चालु आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा ४३० अर्ब खर्च भएको छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले यो अवधिमा ४५६ अर्ब राजश्व संकलन भएको समेत जानकारी दिए । त्यसैगरी समीक्षा अवधिमा आन्तरिक परिचालन नभएको जानकारी पनि दिए। राष्ट्रिय गौरवका आयोजनको प्रगति २० प्रतिशत रहेको बताए । त्यसैगरी यो समयावधिमा ७ हजार ५ सय जनाले सहुलियत कर्जा लिएको अर्थमन्त्री खतिवडाले बताए ।
स्थायी लेखा नम्बर(प्यान) लिने संख्या ९ लाख ६७ हजार थपिएको बताउँदै करदाताको संख्या २९ लाख ३९ हजार पुगेको बताए । यसपालीको राजश्व संकलनको लक्ष्य पूरा नहुनेतर्फ अर्थमन्त्रीले संकेत गरे । यस आवमा ९० प्रतिशत बजेट खर्च हुने अनुमान छ–अर्थमन्त्रीले पत्रकार सम्मेलनमा बताए ।