सिटिजन्स बैंक र ईसेवाबीच रेमिट्यान्स सम्झौता

होमल्याण्ड खबर

२०७६ फाल्गुन ४ गते, आईतवार १७:०९ मा प्रकाशित

सिटिजन्स बैंक इन्टरनेसनल र ईसेवा मनी ट्रान्सफरबीच विप्रेषण रकम भुक्तानी दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार ईसेवा मनि ट्रान्सफरमार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभरका शाखाबाट सहजै भुक्तानी पाउन सकिनेछ ।

यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने बैंकले बिश्वास लिएको छ ।