३ मंसिर २०८१, सोमबार
प्रधानमन्त्री केपी ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छुटटै छानबिन गर्नुनपर्ने भन्दै बचाउ गरेका छन् ।
शनिबार सचिवालय बैठकमा विभिन्न नेताहरुले बाँस्कोटामाथि छानबिन गर्नुपर्ने भनाइमा जोड दिएपछि उनले बाँस्कोटाको बचाउ गर्दै राजीनाा दिइसकेकाले राज्यसंयन्त्रले नै छानबिन गर्ने हुँदा पार्टीले छुट्टै छानबिन गर्न नपर्ने बताएका हुन् ।
ओलीको त्यस्तो प्रस्ताव पछि बाँस्कोटाको विषयमा थप छलफल नै नगरी बैठक एमसीसी छलफलमा प्रवेश गरेको थियो ।
यता नेकपा अध्यक्ष पुष्पकमल दाहालले भने गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन् । नेपाल समाचारपत्र दैनिकबाट