एनएमबि बैंकको नयाँ खाता संचालनमा, यस्ता छन् बीमाका सुविधा

होमल्याण्ड खबर

२०७६ फाल्गुन ११ गते, आईतवार १४:४५ मा प्रकाशित

एनएमबि बैंकले ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’मा परिष्कृत गरि नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत खातावाललाई १८ लाख सम्मको कुल वीमा सुविधा प्रदान गरिन्छ । दुई नयाँ योजनाहरु मध्ये ‘एनएमबि प्रिमियम तलब खातामा ग्राहकहरुलाई १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा, १८ प्रकारका घातक रोगहरुको लागी ५ लाख रुपैयाँसम्मको बीमा सुविधा प्रदान गरिएको छ ।

एनएमबि प्रिमियम सुपर तलब खातामा ग्राहकहरुले १० लाख सम्मको दुर्घटना मृत्यू वीमा, १८ प्रकारका घातक रोगहरुको लागी ७ लाखसम्म बीमा र १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बीमाबाट लाभान्वित हुन सक्ने छन् । उल्लेखित खाताहरु शुन्य मौज्दातमै खोल्न सकिने छ ।

रकम मात्र नभई सुविधाको दायरा पनि बिस्तार गर्ने उद्देश्यको साथ ‘एनएमबि प्रिमियम तलब खाता’ र ‘प्रिमियम सुपर तलब खाता’ को सुरुवात गरेको बैंकले जानकारी गराएको छ । यस प्रकारको खातामा वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको योजना ल्याएको जनाएको छ ।