१४ मंसिर २०८१, शुक्रबार
सरकारले लगानी वृद्धि गर्न कानून गर्दै गएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा लगानी वृद्धि गर्न सरकारले कानून संसोधन गर्र्दै जाने बताए । वल्र्ड बैंकको कार्यक्रममा बोल्दै विश्व भरका लगानीकर्ता आकर्षण गर्न औद्योगीक कानून सहज र सरल बनाउँदै गएको उनले बताएका हुन् ।
‘सरकारले निजी क्षेत्रको माग अनुसार नै कानून संसोधन गरिरहेको छ,’ अर्थमन्त्रीले भने । नेपालमा पर्यटन, जलविद्युत, सेवामूलक र उत्पादमूलक लगायतका क्षेत्रमा लगानीको वातावरण रहेको अर्थमन्त्रीले बताए । साथै, उनले मुलुकको अर्थतन्त्र विस्तारै सुधार हुँदै गएको दावी गरेका छन् ।
निजी क्षेत्रले राखेका समस्याहरु विस्तारै हट्दै गएको दावी गर्दै सरकारले उद्योगी व्यावसायीहरुले राखेका समस्या र गुनासोहरु साम्बोधन गर्दै गएको उनले बताए ।