एभरेष्टका ग्राहकलाई काठमाडौँको सोल्टी र नेपालगञ्जको सोल्टी प्रिमियरमा १०% छुट

होमल्याण्ड खबर

२०७६ फाल्गुन १५ गते, बिहीबार १३:२८ मा प्रकाशित

एभरेष्ट बैंक लिमिटेड र सोल्टी इन्टरप्राइजेज् प्रालिबीच एभरेष्ट बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्न साझेदारी भएको छ । काठमाडौंको सोल्टी क्राउन प्लाजा प्रदेश नं.३ को पाँच तारे होटल हो र नेपालगञ्जमा अवस्थीत सोल्टी वेस्टइन्ड प्रदेश नं. ५ को पाँच तारे होटल हो, जुन यस क्षेत्रमा विलासी प्रोपटिज र पौराणिक आतिथ्यप्रतिको योगदानका साथ समृद्ध इतिहास र नेपाली पर्यटन उद्योगमा अग्रगामीका रुपमा प्रख्यात छन् ।

एमओयूमा हस्ताक्षर भएअनुसार एभरेष्ट बैंकका ग्राहकले निर्धारित मुल्यमा १०% छुट प्राप्त गर्नेछन् । उक्त सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्नेछन् । एभरेष्ट बैंक सदैव ‘सर्भिस वीथ स्माइल’ नाराका साथ ग्राहकका लाभ र सन्तुष्टिमा केन्द्रित रहेको छ ।