१५ बैशाख २०८३, मंगलवार
अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले पुस्तक व्यापारमा कर लगाएको तर ज्ञानमा कर नलगाएको बताएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता मन्त्री खतिवडाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने सो कूरा बताएका हुन् ।


पुस्तकमा अन्य मुलुकमा पनि कर लाग्ने गरेको उदाहरण प्रस्तुत गर्दै मन्त्री खतिवडाले पुस्तक व्यापारमाथि कर लगाइएको बताए ।
‘छापाखाना उद्योगमा कर लाग्छ, कागजमा कर लाग्छ, मेसिनमा कर लाग्छ भने पुस्तक पनि व्यापार हो, व्यापारमा कर लगाउनु स्वाभाविकै हो।’, उनले भने ।