१४ मंसिर २०८१, शुक्रबार
अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय स्थायित्वमा जोड दिनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको तेस्रो आर्थिक तथा वित्तीय अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले सरकारले आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्वलाई पनि एकैसाथ अगाडि बढाएको बताए । वित्तीय स्थायित्व हुन नसके आर्थिक स्थायित्वमा समेत असर पर्ने बताउँदै उनले बैंकिङ गतिविधिमा वित्तीय समावेशी हुनुपर्ने धारणा राखे ।
अर्थमन्त्री डा खतिवडाले लघुवित्तबाट माथि उक्लिएका वित्तीय संस्थाले अन्य बैंकबाट आर्थिक सहयोग नपाइरहेको भन्दै ती वित्तीय संस्थालाई समावेशीकरण ल्याउने प्रयास भइरहेको बताए । उनले बैंकले गर्न नसकेको जोखिम व्यवस्थापन बीमा संस्थाले गरिरहेको भनाइ राखे । गैर बैंकिङ संस्थाले पनि वाणिज्य बैंकको काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले पछिल्लो पटक छायाँ बैंकिङ मौलाएको बताए ।