२८ फाल्गुन २०८२, बिहीबार
आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार सुन ४ सय रुपैयाँले घटेको हो ।
मंगलबार ८२ हजार ७ सयमा कारोबार भएको छापावाला सुन बुधबार ४ सयले घटेर ८२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ८२ हजारमा कारोबार भइरहेको छ ।
चाँदी भने आज स्थिर रहँदै प्रतितोला ८ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।