१४ मंसिर २०८१, शुक्रबार
अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको कारण सेयर बजार घटेको बताएका छन् । बिहिबारकोे प्रतिनिधिसभाको बैठकमा धितोपत्र ऐनको संसोधन विधेयकमा सांसद्हरुले उठाएको सैद्दान्तिक प्रश्नको जवाफ दिदै खतिवडाले सो कूरा बताएका हुन् । स्वयंम जिम्मेवार हुनु पर्ने बताए ।
‘सेयर खरिद गरिने कम्पनीको अवस्था र सरकारको नीति निर्देशन कस्तो आउँछ भनेर विचार विश्लेष्ण गरेर सेयर किन्नु पर्छ’ विधि र नीतिका कारणले सेयर घट्ने र बढ्ने हुन्छ, अहिले विश्व परिवेशमा केही अनिश्चितता कोरोना भाइसरको कारणले गर्दापनि सेयर बजारमा केही उथलपुथल देखिएको छ,उनले भने ।
अत्पकालीन असरका कारणले दीर्घकालिन सोच बनाउन भने उपयुक्त नहुने उनकाे भनाइ छ । उनले पुँजी बजार पूँजीपतिको मात्र बजार नभएको भन्दै सेयर कारोबार गर्ने १५र१६ लाख भन्दा बढी भएको जानकारी संसद्मा गराए ।