२८ फाल्गुन २०८२, बिहीबार
आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन १ हजार ५ सय र चाँदी ३० रुपैयाँले घटेको हो ।
बुधबार ७६ हजार ५ सयमा कारोबार भएको छापावाला सुन बिहीबार १ हजार ५ सयले घटेर ७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ३० रुपैयाँले घटेर प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।