९ मंसिर २०८१, आईतवार
सिद्धार्थ बैंकले एकै साथ ८ वटा नयाँ शाखा संचालनमा ल्याएको छ ।
बैंकले आइतबार रौतहटको माधवनारायण, तनहुँको दुलेगौडा, नवलपुरको गौंडाकोट, नवलपरासीको बर्दघाट, रुपन्देहीको कोटिहवा, कपिलबस्तुको जितपुर, सिराहाको लहान र झापाको सुरुङ्गामा शाखा संचालनमा ल्याएको हो ।
बैंकले १०८ शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ सेवा, १०८ एटीएम र ६८७ पीओएस मेसिन मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
आर्थिक वर्ष २०७४र०७५ को चैत्र मसान्तसम्म बैंकले कुल निक्षेप ९० अर्ब ४० करोड रुपैयाँ र कर्जा लगानी ८१ अर्ब १७ करोड रुपैयाँ छ । सोही अवधीमा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।