९ मंसिर २०८१, आईतवार
नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजको आइतबारबाट सिराहा नगरपालिकामा नयाँ डिलर सुरु भएको छ । सिराहा नगरपालिकाका मेयर अशेश्वर यादवले नयाँ शोरुमको उद्घाटन गरेका छन् ।
एमएडब्लुले रमन अटोमोबाइल सेन्टरमार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस)को सुविधा सुरु गरेको हो । यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पुर्ति गर्ने उद्देश्यले यामाहा मोटरसाइकलको डिलरसिप स्थापना गरिएको एमएडब्लुले जनाएको छ ।
रमन अटोमोबाइल सेन्टरबाट ग्राहकले विश्वस्तरीय प्रविधि जडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउने शेरुमले जनाएको छ । शोरुममा हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भि्सिङ गर्ने रमन अटोमोबाइलका राम कुमार यादवले बताए । यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ ।