कुमारी बैंक र बि. एण्ड सि. मेडिकल कलेजबीच सम्झौता

होमल्याण्ड खबर

२०७५ बैशाख २४ गते, सोमबार ०५:३४ मा प्रकाशित

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उपत्यका बाहिर पनि गुणस्तरिय उपचारमा सहुलियत दिने उद्देश्यले बिर्तामोड, झापामा रहेको बि. एण्ड सि. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.सँग सम्झौता गरेको छ ।
उक्त सम्झौतामा कुमारी बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी तथा बि. एण्ड सि. मेडिकल कलेजको तर्फबाट कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात कुमारी बैंकका ग्राहकहरुले बि. एण्ड सि. मेडिकलमा उपचार गराउँदा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यसअघि कुमारी बैंकले भारतको नयाँ दिल्ली स्थित मेद्धान्त अस्पताल लगायत अन्य अस्पतालहरु नर्भिक, ग्रान्डी, वयोद्या, चिरायु, अल्का, भिभान्त, नेपाल मेडिसिटी, मनकामना अस्पताल र केल्यावमा उपचार गराउँदा विषेश छुटको सुविधा दिने सम्झौता गरिसकेको छ ।
कुमारी बैंकले ७४ वटा शाखाहरु, ५८ वटा एटिएम्हरु तथा २ वटा एक्सटेन्सन काउण्टरहरुद्घारा सेवा दिइरहेको छ ।