९ मंसिर २०८१, आईतवार
एनएमबि बैंकले सरकारले स्थापना गरेको कोराना संक्रमण रोकथाम कोषमा सहयोग गर्ने भएको छ । बैंकले क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम कोरोना रोकथाम कोषलाई सहयोग गर्ने भएको हो । बैंकले कोरानाबाट सबैभन्दा बढी प्रभावित व्यक्तिलाई सहयोग पुर्याउने जनाएको छ ।
बैंकले सस्तो डिलसँग साझेदारीमा उक्त सहयोग रकम उपलब्ध गराउन बैंकले जनाएको छ । सस्तो डिलको समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यू आर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम उक्त कोषमा योगदान दिइने बैंकले बताएको छ ।
दैनिक ज्यालादारीमा कार्यरत मजदुर तथा कर्मचारीलाई सहयोग गर्नु नै यस पहलको उद्देश्य रहेको छ । जसका जीविकाको स्रोतलाई भाइरसको फैलावट रोक्न सरकारले लगाएको बन्दाबन्दीले गम्भीर असर पारेको बैंकले जनाएको छ ।