१३ मंसिर २०८१, बिहीबार
मानव शरीरलाई घातक मानिएको टेल्कम पाउडर बिक्री गरेको आरोपमा औषधि उत्पादक जोन्सन एन्ड जोन्सन कम्पनीविरुद्ध २ अर्ब १० करोड डलर जरिवना तिर्न आदेश दिएको छ । संयुक्त राज्य अमेरिकाको एक अदालतले उक्त कम्पनीलाई जरिवाना स्वरुप सो रकम तिराउन लागेको हो ।
अदालतले गरेको हाल जरिवाना तिर्न दिएको आदेश प्रारम्भिक चरणको भन्दा आधाले कम हो । कम्पनीलाई लगाइएको प्रारम्भिक मुद्दामा जरिवाना ४ अर्ब ४० करोड डलर मागदाबी गरिएको थियो । अदालतको आदेशमा भनिएको छ ‘मानव स्वास्थ्यसँग पैसा वा जरिवनालाई दाँज्न नसकिने भनिएको छ ।’ यसअघि सन् २०१९ मा पनि क्यालिफोर्नियाको अदालतले एक बालिकालाई जोन्सनको टेल्कम पाउडरका कारण क्यान्सर भएको भन्दै दशौं लाख अमेरिकी डलर जरिवना गरेकोे थियो ।
अदालतको आदेशमा जोन्सनले जानीजानी मानव शरिरमा क्षति पुर्याउने क्यान्सर रोग हुन सक्ने तत्व अस्वेस्टोस मिश्रित टेल्कम पाउडर बिक्री गरेको उल्लेख छ । अदालतको आदेशमा टेल्कम पाउडरको प्रयोगबाट शरीरमा क्यान्सर लागेको भन्दै जोन्सन विरुद्ध मुद्दा दायर गरिएको थियो ।
गत महिना जोन्सनले अमेरिका र क्यानडामा टाल्क मिश्रित बच्चाका लागि पाउडर उत्पादन नगरिने घोषणा गरेको थियो । तर कम्पनीले विश्वका अरु देशमा भने यसको बिक्री यथावत राख्ने जनाएको छ । तर जोन्सन एन्ड जोन्सनकी एक प्रवक्ताले मिजौरी अदालतको आदेश विरुद्ध मिजौरीको सर्वोच्च अदालतमा मुद्दा दायर गरिने बताएकी छन् । (एजेन्सीको सहयोगमा)