९ मंसिर २०८१, आईतवार
सिद्धार्थ बैंकले २ लाख भन्दा बढी कित्ता हकप्रद सेयर लिलामीमा ल्याउन लागेको छ ।
बैंकले जेठ ३ गतेदेखि २ लाख १४ हजार ३ सय ३६.१९ कित्ता हकप्रद सेयर लिलामीमा बिक्रि खुला गर्दैछ । संस्थापक तफर्को ४० हजार २०.६४ कित्ता र सर्वसाधारण तर्फको १ लाख ७४ हजार ३१५.५५ कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो ।
यो लिलामीको सेयरका लागि जेठ १० गतेसम्म आवेदन दिन सकिनेछ । यस सेयरको लागि आवेदन फारम बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल र सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगंज, पोखरा, बुटवल र धनगढीमा भर्न र बुझाउन पाइनेछ । बैंकले २०७४ फागुन २ गतेदेखि चैत ६ गतेसम्म हकप्रद बिक्रि खुला गरेको थियो । त्यसमा पर्याप्त आवेदन नपरेपछि बिक्रि नभएको सेयर अहिले लिलामीमा ल्याउन लागेको हो ।
सेयरको न्युनतम मूल्य १०० रुपैयाँ तोकिएकाले सो भन्दा बढी मूल्य बोलकबोल गरेर आवेदन दिनुपर्नेछ । न्युनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्रि प्रबन्धकले जनाएको छ ।