डिजेल–पेट्रोलको मूल्य बढ्यो

होमल्याण्ड खबर

२०७७ असार १७ गते, बुधबार १२:३० मा प्रकाशित

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले  मंगलबार रातिदेखि लागू हुने गरी  पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँले बढाएको हाे ।

डिजेल र मट्टितेलको मूल्य भने दुई रुपैयाँले बढाएको छ । नयाँ मूल्य अनुसार उपभोक्ताले पेट्रोल प्रति लिटर १ सय १ रुपैयाँ र डिजेल तथा मट्टितेलको ८७ रुपैयाँ तिर्नुपर्नेछ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको आधारमा पेट्रोलियम पदार्थको मूल्य बढाएको बताउनुभएको छ । इन्डियन आयल कर्पोरेशन आइओसीले जुन १६ मा पठाएको मूल्य अनुसार निगमले मूल्य बढाएको जनाएको छ ।

जुलाईमा फेरी नयाँ मूल्य आउँछ । अब केही दिनमा आउने मूल्य हेरेर फेरी पेट्रोलियम पदार्थको मूल्य घटबढ हुने बताइएको छ ।