१३ मंसिर २०८१, बिहीबार
बुधबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।
मंगलबारको तुलनामा तोलामा ५ सय रुपैयाँले वृद्धि भइ बजारमा छापावाला सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार र सोमबार तोलाको ९१ हजार ३ सय रुपैयाँमा किनबेच भएर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । बुधबार तेजावी सुन प्रतितोला ९१ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा पन्ध्र रुपैयाँले बढेर प्रतितोला नौ सय साठी रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।