सुनको मूल्य फेरि बढ्यो, प्रतितोला कति ?

होमल्याण्ड खबर

२०७७ असार २४ गते, बुधबार १२:३५ मा प्रकाशित

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ७ सय रुपैयाँले बढेको सुन बुधबार पुनः ६ सय रुपैयाँले बढेको हो ।

मूल्य बढेर छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सनुचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि असार १७ गते बुधबार तोलाको ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइ सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको थियो ।

तेजावी सुन प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला नौ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।