१३ मंसिर २०८१, बिहीबार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
मंगलबार प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि असार २५ गते छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँले कारोबार भइ रेकर्ड बनाएको थियो ।
त्यसैगरी आज तेजावी सुन प्रतितोला ९२ हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा कोरोना महामारीपछि लगानीकर्ताको विश्वास गुम्न जाँदा शेयरबजार र अन्य लगानीका क्षेत्रहरु ओरालो लागेपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएका हुन् । अन्तराष्ट्रिय बजारमा लगानीकर्ता सुनतर्फ आकर्षित भएसँगै नेपाली बजारमा सुनको मूल्यमा प्रभाव परेको हो । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि आएसँगै कारोबार भने ठप्प छ । सुनलाई अन्तराष्ट्रिय रुपमै सुरक्षित लगानीको साधन मानिन्छ ।