मुक्तिनाथ विकास बैंकले पायो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड

होमल्याण्ड खबर

२०७७ श्रावण १ गते, बिहीबार २०:२८ मा प्रकाशित

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पायो उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड पाएको छ ।  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थामा मुक्तिनाथ विकास बैंकले पाएको छ ।

विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७५/०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार मुक्तिनाथ विकास बैंकले प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ले उत्कृष्ट वार्षिक प्रतिवेद विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो ।

विधाहरुमा १. बैंकिङ्ग क्षेत्र ( पब्लिक एण्ड प्राइभेट सेक्टर   २. वित्तीय क्षेत्र ३. बीमा क्षेत्र  ४. सार्वजनिक क्षेत्र ईकाइ ५. सामान्य क्षेत्र रहेका छन् । विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाधक्ष्यको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उक्त समारोहका विशेष अतिथि महालेखा परिक्षक टंकमणि शर्मा दंगालले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए । बैंकिङ्ग क्षेत्रमा उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।