९ मंसिर २०८१, आईतवार
सिटिजन्स बैंक इन्टरनेशनल बैंकले एकैसाथ ६ वटा शाखा सञ्चालनमा ल्याएकोे छ । बैंकले बैशाख ३१ गते इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापाती, काभ्रेको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहीदभुमि गरी ६ वटा शाखा सञ्चालनमा ल्याएको हो ।
सो शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले गरेका छन् । बैंकले चाडैनै प्युठान, रुकुम, हुम्ला, अछाम, कैलाली र काठमाडौमा थप शाखा विस्तार गर्ने लक्ष्य लिएको बैंकको सिइओ भण्डारीले भने ।
सिटिजन्सको हाल ७४ वटा शाखा, ६९ वटा एटिएम, ९७ वटा शाखा रहित बैकिङ सञ्चालनमा छ । यसले तीन लाख ३५ ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिदै आएको छ ।