ग्लोबल आइएमई बैंकको एकै दिन ७ वटा शाखा विस्तार

होमल्याण्ड खबर

२०७५ जेष्ठ १ गते, मंगलवार ०५:०४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले एकै दिन ७ स्थानमा शाखा कार्यालयहरु विस्तार गरेको छ ।
बैंकले धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नं. ७, तारापट्टि, बारा जिल्लाको फेटा नगरपालिका वडा नंं. ७, फेटा बजार, रौतहट जिल्लाको फतुवाबिजयपुर नगरपालिका वडा नं. ८, बिजयपुर, सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ५, पातो, डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका वडा नं. ३, भद्रपुर, डोटी जिल्लाको पूर्वीचौकी गाँउपालिका वडा नं. ४, साना गाँउ र बैतडी जिल्लाको दोगडाकेदार गाँउपालिका वडा नं. ३, खोचलेक सहित ७ वटा नयाँ शाखाहरु स्थापना गरि संचालनमा ल्याएको हो ।
थप ७ स्थानमा शाखा कार्यालय संचालनमा ल्याएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १२९ पुगेको छ । साथै बैंकले आजैदेखि नै ललितपुर जिल्लाको मंगलबजारमा एटिएम सेवा समेत सञ्चालन गरेको छ । मंगलबजारमा एटिएम सेवा थप गरेसंगै बैंकको एटिएम संख्या १३१ पुगेको हो ।