९ मंसिर २०८१, आईतवार
एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाइडमा शाखा विस्तार गरेको छ ।
शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने सरकार र राष्ट्र बंैकको अभियानमा सहभागी भई ३३ वटा शाखा स्थापना गर्ने प्रतिवद्धता जनाएकोमा एनआईसी एशिया बैंकको प्रशंसा गरेको छन् ।
यस बैंकको हालसम्म २१० शाखा कार्यालय, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर, ६ वटा शाखारहित बैंकिङ रहेको छ । बैंकको वासलातको आकार १५८ अर्ब भन्दा बढी पुगिसकेको र ११० अर्ब कर्जा पुुगेको बैंकले जनाएको छ ।