यार्सागुम्बाले ठाउँ परिवर्तन गरेपछि टिप्न जाने स्थानीय चिन्तित

होमल्याण्ड खबर

२०७५ जेष्ठ १ गते, मंगलवार ०६:१४ मा प्रकाशित

हीमालपारिको जिल्ला मनाङमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बाले ठाउँ परिवर्तन गर्न थालेको छ । पहिले प्रशस्त पाइने नाम्के, भिमताङ च्याखु गुम्छाङजस्ता लेकमा अहिले यो जडीबुटी पाइन छोडेको छ ।
पहिला मनाङ जिल्ला भित्रका मानिस बाहेक अन्य बाहिरी जिल्लाका मानिसले प्रवेश नपाउने हुँदा यी ठाउँमा प्रशस्त भेटिने पुराना यार्सा संकलक साँदो लामाले बताए ।
विसं २०५०–५१ देखि बाहिरी मानिसको प्रवेश दिने व्यवस्था भएपछि घट्दै गइरहेको उनको भनाइ छ । संकलनको कमीले पनि यसो भएको सम्बन्धित विज्ञहरुले बताएका छन् ।
जलवायु परिवर्तनसँगै हिमाली भेगमा छिटो असर देखिने हुँदा हिमाली जडीबुटी विस्तारै लोप हुने अवस्थामा पुगेको पुष्टि भएको वातावरण विद् नगेन्द्रबहादुर आमात्यले बताए ।