१३ मंसिर २०८१, बिहीबार
राैतहट । रौतहट जिल्लामा रहेको श्रीराम सुगर मिल्स स्थायीरुपमा बन्द गरिने भएको छ । कम्पनी निरन्तर घाटामा गएपछि कम्पनी व्यवस्थापनले स्थायीरुपमा बन्द गर्ने निर्णय गरेको हो ।
लामो समयदेखि घाटामा रहेको उद्योगलाई जोगाउन भर मजदुर प्रयास गर्दा पनि नसकिएपछि बन्द गर्नुपरेको संचालकहरुले बताएका छन् । आर्थिक वर्ष २०७५/७६ सम्ममा कम्पनीले कुल २ अर्ब १७ करोड ७५ लाख ५८ हजार रुपैयाँ घाटा व्यहोरेको जनाएको छ । कमजोर आर्थिक अवस्था र पूँजी अभावका कारण व्यवस्थापन पक्षले विगत चार महिनादेखि श्रमिकहरुको पारिश्रमिक समेत भुक्तानी गर्न नसकेको जनाएको छ ।
उद्योग बन्द भएपश्चात उद्योगमा कार्यरक श्रमिक, कर्मचारीहरुलाई बाँकी रहेको तलब, भत्ता र अन्य सुविधाको रकम उद्योगको नाममा रहेको चलअचल सम्पत्ति बिक्री गरी भुक्तानी गर्दै जाने उद्योगले जनाएको छ ।