१३ मंसिर २०८१, बिहीबार
काठमाडौं । संयुक्त अरब इमिरेट्स दुबईबाट आएको एअर इन्डिया एक्सप्रेसको यात्रुवाहक विमान शुक्रबार साँझ केरलाको कोजिकोडमा दुर्घटना हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। दुर्घटनामा जहाजका दुई पाइलटसहित कम्तिमा २० जनाको मृत्यु पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बिबिसिका अनुसार विमानमा विमानमा १ सय ७४ यात्रु, १० शिशु, दुई पाइलट र चार परिचारक थिए। नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो। सबै यात्रुको उद्धार कार्य जारी छ। स्रोतका अनुसार ११२ जना घाइतेलाई अस्पताल लगिएको छ।