९ मंसिर २०८१, आईतवार
मेगा बैंक नेपाल लिमिटेडले धादिङको ज्वालामुखी गाउँपालिकामा शाखा विस्तारमा ल्याएकोे छ ।
बैंकको शाखा सञ्जाललाई गाउँ गाउँमा पुर्याउने उद्देश्यलाई निरन्तरता दिने क्रममा मेगा बैंकले धादिङको ज्वालामुखी गाउँपालिकामा आफ्नो शाखा विस्तार गरेको जनाएको छ । राजधानीबाट नजिकै भएर पनि ज्वालामुखी गाउँपालिकामा अहिलेसम्म कुनै पनि क वर्गको बाणिज्य बैंक पुगेको थिएन ।
स्थानीय आवश्यकतालाई महसुस गर्दै मेगा बैंकले शाखा विस्तार गरेपछि स्थानीय बासिन्दाहरु उत्साहित भएको बैंकले जनाएको छ ।
योसँगै धादिङमा मेगा बैंकको तीनवटा शाखा भएको छ । मेगा बैंकले यसअघिदेखि नै धादिङबेसी र मलेखुमा शाखा विस्तार गरी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ