१३ मंसिर २०८१, बिहीबार
काठमाडौं ।अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ बढेको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टितेल लिटरमा एक रुपैयाँ भाउ बढाएको हो ।
मूल्य बढाएपछि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ र पेट्रोलको मूल्य लिटरको एक सय पाँच रुपैयाँ कायम गरिएको छ ।
यो मूल्य निगमको थानकोट डिपोबाट १५ किलोमिटर आसपासका क्षेत्रका लागि हो । बढेको मूल्य आइतबार राती १२ बजेटबाट कार्यान्वयमा आउने छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट अगष्ट १६मा प्राप्त मूल्य अनुसार समायोजन गरिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए ।
मूल्य वृद्धि गरे पनि नेपालतर्फ इन्धन सस्तो भएको निगमको दाबी छ । वीरगन्जसँग सीमा जोडिएको भारतको रक्सौलमा भन्दा नेपालमा पेट्रोल प्रति लिटर ३० रुपैयाँ ७१ पैसा सस्तो र डिजेल ३७ रुपैयाँ २७ पैसा सस्तो रहेको निगमले जनाएको छ ।