३ मंसिर २०८१, सोमबार
कालिकोटका । यो बर्षको बर्षायममा सुरु भएसंगै कालिकोट जिल्लामा बाढिपहिरोले निकै नै बढि मानविय तथा धनजनको क्षति भयको छ । करिब ३५ जनाको दुखद मृत्यु भएको छ भने ५०० घर भत्कियका छन् र १००० भन्दा बढि परिवार बिस्थापित भएका छन् । हजारौ ब्यक्तिलाई बाढिपहिरोले प्रताडित र प्रभावित बनाएको छ ।
यस बिपत र दुखद घडिमा राज्य र सरकारको अभिभावकीय भुमिका हुन पर्नेमा सरकार आफ्नो जिम्मेवारीबाट चुकेको छ । राज्यले यस्तो प्राकृतिक बिपतको घडिमा आफ्नो जिल्लामा केहि जिम्मेवारी बहन गर्न नसकेको काङ्ग्रेस युवा नेता भुपेन्द्र शाही बताउछन् ।
उनले भने, मैले यस दुखद घडिमा सरकारको आलोचना गर्ने मात्रै भन्दा पनि दुई दुई पटक सांसदको पराजित उमेदवार भएकै नाताले मेरो पनि केहि कर्तब्य हुन्छ भन्ने सोचेको छु । यहि कर्तब्य र मानवियताको नाताले साथिहरुको सहयोग तथा मेरो तर्फबाट ५०००००( रु पाच लाख) बराबरको केहि नगद र केहि आवश्यक सामग्री मृतक परिबारलाई सहयोग गर्ने जानकारी गराउदछु ।
यस दुखद र पिडाको बेला सरोकारवाला निकाय र सम्बन्धीत सबैमा सामाजिक सेवा र मानवियताको नाताले सक्दो सहयोग गर्न समेत शाहीले सबैमा हार्दिक अपिल गरेका छन् ।