१३ मंसिर २०८१, बिहीबार
काठमाडौं । सुनको भाउ फेरि तोलाको लाख पुगेको छ । पहिला पनि लाख नाघेर क्रमश घट्दै गएको सुनको मूल्य फेरि लाख पुगेको हो । मंगलबार तोलामा २ हजार २ सय रुपैयाँले बढेर छापालावा सुन १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार भने छापावाला सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो । मंगलबार तेजावी सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँमा बढेर १ हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९ सय ९२ डलर हाराहारीमा किनबेच भइरहेको छ ।
यसअघि साउन २३ गते तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएर सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको थियो । साउन २८ गतेदेखि १ लाखभन्दा कममा किनबेच भएको सुनको मूल्य फेरी बढेर १ लाख नाघेको हो ।