९ मंसिर २०८१, आईतवार
नेपाली सेनाले ६ सिट रहेको इक्वेरल हेलिकप्टर भित्र्याउने भएको छ ।
हेलिकप्टर खरिद सम्बन्धी सम्झौतामा नेपाली सेनाका मेजर जनरल राजेन्द्र क्षेत्रीको नेतृत्वमा रहेको सेनाको टोली र फ्रान्सेली कम्पनी एयरबस बिच पेरिसमा हस्ताक्षर भएपछि असार महिनामा सो हेलिकप्टर नेपाल भित्रयाउन लागिएको हो ।
सो हेलिकप्टरको मुल्य करिब ३० करोड रहेको छ । गएको दुई वर्षदेखि क्वेरल हेलिकप्टर खरिद सम्बन्धि छलफल भए पनि अहिले आएर त्यो सम्झ्यौताले पूर्णता पाएको हो ।
यस्तै सेनाले अरु दुईवटा हेलिकप्टर पनि तयारी गरिरहेको छ । पहिले इक्वेरल हेलिकप्टर नै ल्याउने भनिए पनि अहिले अरु कम्पनीहरुसँग पनि छलफल भइरहेको सैनिक स्रोतले जनाएको छ ।