कैलाली मुनुवामा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा विस्तार

होमल्याण्ड खबर

२०७५ जेष्ठ ८ गते, मंगलवार १०:४८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले आजबाट कैलाली जानकी गाउँपालिका ४, मुनुवामा आफ्नो ८४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।
शाखारहित बैकिङ्ग सेवाको जानकी गाउँपालिका प्रमुख प्रदिप कुमार चौधरी र बैंकको सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले संयुक्त रुपमा समुद्घाटन गरेका छन् ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यो क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।