१३ मंसिर २०८१, बिहीबार
काठमाडौँ । सुनको मूल्य लगातार ओरालो लागिरहेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला ४ सय रुपियाँ र दोश्रो दिन हिजो सोमबार प्रतितोला ५ सय घटेको सुनको मूल्य आज पुनः प्रतितोला ७ सय रुपियाँ घटेको हो । त्यसैगरी चाँदीको मूल्य आइतबार र सोमबार दुबै दिन २५-२५ रुपियाँ घटेको थियो भने आज भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपियाँ निर्धारण गरिएको छ ।
हिजो भने छापावाल सुन प्रतितोला ९७ हजार ९ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला १३ सय २० रुपियाँमा कारोबार भएको थियो । गत आइतबार छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपियाँ र चाँदी प्रतितोला १३ सय ४५ रुपियाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले त्यसैको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ ।