पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धी तत्काल फिर्ता गर

होमल्याण्ड खबर

२०७७ भाद्र १७ गते, बुधबार ११:१६ मा प्रकाशित

एकै महिनामा पटक पटक पेट्रोलियम पदार्थमा मुल्य बढाउनु भनेको सबै क्षेत्र र बस्तुमा मुल्यबृद्धी हुनु हो । महामारीले जनताको जिवनयापन अत्यन्तै असहज र कष्टकर भैरहेको र थप राहत,सहुलियतको जरुरी रहेको समयमा सरकार निरन्तर नागरिकलाई थप पिडा दिन र चुलो बन्द गराउन उद्धत छ ।

बारम्बार मुल्यबृद्धी गरेर जनता मार्न खोज्दैछ सरकार । बिनाकारण पटक पटक गरिएको मुल्यबृद्धि खारेज गराउन नेपाल आयल निगम र नालायक सरकारका बिरुद्ध निर्णायक दबाबको विकल्प नरहेको नेबिसंघ केन्द्रीय समितिका महामन्त्री बलदेव तिमल्सिनाले बताएका छन् ।