९ मंसिर २०८१, आईतवार
मेगा बैंक नेपाल लिमिटेडले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र उदयपुरको रौतामाई गाउँपालिकाको मुर्कुचेमा नयाँ शाखा विस्तार गरेको हो ।
धादिङमा मेगा बैंकको चार वटा शाखा पुगेको छ । यसअघि नै धादिङबेसी, मलेखु बजार र ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको शाखा विस्तार भइसकेको छ । उदयपुरमा भने पहिलोपटक शाखा विस्तार गरिएको हो । योसँगै मेगा बैंकको शाखा संख्या ९५ पुगेको छ ।