२८ फाल्गुन २०८२, बिहीबार
स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ४०० रुपैयाँले उकालो लागेको छ । छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
प्रतितोला ९४ हजार १०० रुपैयाँमा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ४०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।


यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । सो सुन बिहीबार तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।