हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?

होमल्याण्ड खबर

२०७७ पुष १९ गते, आईतवार १२:०९ मा प्रकाशित

नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १३ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।