९ मंसिर २०८१, आईतवार
सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री शिशु विद्याश्रम माध्यामिक विद्यालय, राईनास, लमजुङलाई ९ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।
उक्त कम्प्युटरहरु सिभिल बैंकको उक्त क्षेत्रको क्षेत्रीय प्रबन्धक दूर्गा राज पाण्डेयद्वारा श्री शिशु विद्याश्रम माध्यामिक विद्यालयका ब्यवस्थापन सािमतिका अध्यक्ष शेर बहादुर अधिकारीलाई हस्तान्तरण गरेका छन् ।
उक्त कार्यक्रममा विद्यालयका संचालक समितिका पदाधिकारीहरु, विद्यार्थीहरु, अभिभावकहरु तथा सो क्षेत्रका उद्योगी, व्यवसायी, समाजसेवी लगायतको उपस्थिति थियो ।
गुणस्तरिय शिक्षा नै समृद्धिको आधार भएको कुराको मनन गर्दै श्री शिशु विद्याश्रम माध्यामिक विद्यालय, राईनास, लमजुङलाईकम्प्युटर हस्तान्तरण गरेको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।