१३ मंसिर २०८१, बिहीबार
सुनको मूल्य तोलामा ९२ हजार रूपैयाँ कायम भएको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ सय रूपैयाँले घटेको हो ।
बुधबार नेपाली बजारमा छापावाल सुन ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य समेत तोलामा ५ रूपैयाँले घटेको छ ।
बुधबार १२ सय ५० रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बिहीबारका लागि १२ सय ४५ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।