१३ मंसिर २०८१, बिहीबार
बैतडीमा बलात्कारपछि हत्या भएकी किशोरी भागरथी भट्ट र बझाङकी सम्झना विकको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले ५-५ लाख रुपैयाँ दिने भएको छ ।
बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले पीडित परिवारलाई सहयोगस्वरूप ५-५ लाख रुपैयाँ दिने निर्णय गरेको १ मन्त्रीले जानकारी दिए ।
भागरथीको विद्यालयबाट घर फर्किने क्रममा माघ २१ गते बलात्कार पछि हत्या भएको थियो ।
बझाङकी सम्झनाको भने असोजमा बलात्कारपछि हत्या भएको थियो ।