९ मंसिर २०८१, आईतवार
नेपाली बीमा बजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार सुरु
गरेको जनाएको छ ।
कम्पनीले बीमा समितिबाट संचालनको अन्तिम स्वीकृतिप्राप्त गरे पश्चात् कम्पनीको कर्पाेरेट कार्यालय काठमाडौं हात्तिसारबाट एक औपचारिक कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष कुनाल क्यालबाट कार्यालय उद्घाटन पश्चात् सेवा शुभारम्भ गरेको छ ।
कम्पनीको कूल चुक्ता पुँजीमध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहने छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब रहेको छ ।
नेपालको प्रतिष्ठित वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्थातथा प्रतिष्ठित व्यापारिक घरान समेतको लगानी रहेको यस कम्पनीले छिट्टै सर्वसाधारणमा शेयर समेत जारी गर्ने योजना रहेको छ ।
अनुभवी एवं दक्ष उच्च व्यवस्थापन रहेको यस कम्पनीमा महाप्रबन्धकको रुपमा एस के तमोट रहेका छन ।
आगामी दिनबाट नै समस्त नेपालीका लागि बीमाको नयाँ नयाँ प्याकेज लिएर देशभर शाखा सञ्जालमार्फतआफ्नो दरिलो उपस्थिति जनाउने तयारीमा जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड रहेको छ ।