फेरि सस्तो भयो सुन, प्रतितोला ९० हजारभन्दा तल

होमल्याण्ड खबर

२०७७ फाल्गुन १२ गते, बुधबार ११:४४ मा प्रकाशित

साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो । यसअघि मंगलबार तोलामा १ हजार १ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार भने ३ सय रुपैयाँले घटेको छ ।

तोलामा ३ सय रुपैयाँले घटेसँगै बुधबार सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ भन्दा तल झरेको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ थियो ।

बुधबार तेजाबी सुनको मूल्य तोलाको ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँ थियो ।

बुधबार चाँदीको मूल्य पनि घटेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलाको १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।