१३ मंसिर २०८१, बिहीबार
साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो ।
मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार रुपैयाँ थियो भने तेजाबी सुनको म्ूल्य प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँ थियो ।
यो हप्ताको पहिलो कारोबार दिन (आइतबार) नै सुनको मूल्य बढेको थियो । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन (चैत ८ गते, शुक्रबार)को तुलनामा आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको थियो ।
आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य ८७ हजार २ सय र तेजाबी सुनको मूल्य ८६ हजार ७ सय ५० रुपैयाँ प्रतितोला थियो । सोमबार भने सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको थियो ।
मंगलबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँ थियो भने मंगलबार प्रतितोला १ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।